धिमाल र लिम्बु बीचको सम्बन्ध
धिमाल र लिम्बु बीचको सम्बन्ध सोम धिमाल(चातेला) सामान्य जानकारी ः नेपालका जनजाति महासंघ तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आवद्ध ५९ जनजातिहरु मध्ये धिमाल एक आदिवासी जनजाति हो । तुलसी दिवसले लेख्नु भएको धिमाल लोक धर्म र संस्कृति का अनुसार, धिमाल जातिलाई “मदेसको किराँती” पनि भनिन्छ । यस जातिको प्राचीन फैलावट पश्चिम कोशी नदी सम्म र पूर्वमा मेची नदी, उत्तरमा चुरे पहाडको फेदी र दक्षिणमा हुलाकी बाटोको उत्तरसम्म रहेको कुरा प्राचीन अध्ययन सामग्रीहरुले देखाउँछ । यस जातिको ऐतिहासिक स्थलहरुमा भगेटनी गाविस स्थित राजारानी पोखरी तथा धार्मिक स्थल, लेटाङ्ग, धिमालधुरा, नगराडुवा, किचोबध आदि स्थानहरु प्रसिद्ध छन् । धिमाल जातिलाई बहुसंख्यक भाषाविद्हरुले भोट बर्मेली भाषा परिवारको हिमाली समूह अन्तर्गत परेको कुरा उल्लेख गरेका छन् । धिमाल जाति पूर्वी नेपालको हालको तराई क्षेत्रको मोरङ्ग, सुनसरी र झापा जिल्लाहरूमा परापूर्वकालदेखि जल, जमिन, जंगलसँग अत्यन्त घनिष्ट सम्बन्ध राखेर बसोबास गर्दै आएको एक सबैभन्दा पुरानो आदिवासी भूमिपुत्र हो । बिसौं शताब्दीको शुरुको दशकसम्म पूर्वी तराईको धेरै भु...